राजनीति

जनताका दुःख,पीडामाथि भाषण गर्नुको अर्थ छैन, सहायक कोषाध्यक्ष उप्रेती

२०८१,६,२३
राष्ट्रिय प्रजातान्त्र पार्टी ९राप्रपा० का सहायक कोषाध्यक्ष शोभित उप्रेतीले कुनै पनि विपत्तिमा परेका जनताका दुःख र पीडामाथि भाषण गर्नु दुखेको मनमा थप पीडा दिनु भएको बताएका छन् । उनले दुःखमा परेका जनतासँग सरकार, दल र नेताकार्यकर्ता सँगसँगै भएर सहयोग गर्नु पर्नेमा जोड दिए ।
बाढीपहिरोबाट हप्ता दिनदेखि असाध्यै कष्ट भोगेका जनतालाई सरकारले साथ दिन नसकेको सहायक कोषाध्यक्ष उप्रेतीले आरोप लगाए । काठमाडौं क्षेत्र नं। १ वंशीघाट वस्तीका बाढीपीडितलाई खाद्यान्न वितरण गर्दै सहायक कोषाध्यक्ष उप्रेतीले भने, “पीडामा परेका जनतालाई सहयोग गर्न सरकारको मुख हेरेर वस्न हुँदैन, जसले जे सकिन्छ सहयोग गरिहाल्नु पर्छ ।
उप्रेतीको सौजन्यमा ७८ घर परिवारलाई २५ केजीको एक बोरा चामल र १ किलो दाल वितरण गरिएको थियो । उक्त सहयोग वितरण कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य नविन शाही, बागमती प्रदेश अध्यक्ष भीमसेन पुरू, काठमाडौं क्षेत्र नं। १ का क्षेत्रीय अध्यक्ष रामेश्वर श्रेष्ठ र राप्रपा वडा नं। ११ का अध्यक्ष विनोद दवाडीलगायत नेताकार्यकर्ताको उपस्थित रहेको थियो । आजसम्म सरकारले कुनै सहयोग नगरेको राहत साहयोग लिन जम्मा भएका बाढी पीडितहरूले बताएका छन ।

Related Post
Share

This website uses cookies.