देश/समाज

पर्सा प्रहरीद्वारा ५८ लाख ८६ हजार रुपैयाँ बराबरको कस्मेटिक लगायतका सामान बरामद

२०८१,६,८

पर्सा प्रहरीले ५८ लाख रुपैयाँभन्दा धेरैको अवैध रूपमा ल्याइएको कस्मेटिक लगायतका सामान बरामद गरेको छ ।वीरगञ्ज महानगरपालिका–२५ आईसीपी चोकबाट बा ३ ख ९८४५ नम्बरको ट्रकमा लोड गरिराखेको ५८ लाख ८६ हजार ३० रुपैयाँ बराबरको कस्मेटिक लगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद गरिएका सामानको बिल नभएकाले राजस्व छलीको अनुमानमा राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।

Related Post
Share

This website uses cookies.