देश/समाज

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको आज ७३ औं जन्मजयन्ती

आज तत्कालीन नेकपा एमालेका महासचिव तथा जन नेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

मदन भण्डारीक जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ।भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद जबज अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ ।

०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ पारित भएको हो । २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रुपमा मदन भण्डारीको जन्म भएको थियो ।

०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुंगा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको हो । ं २०५० जेष्ठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा दासढुङ्गा दुर्घटनामा ४१ बर्षका मदन र संगठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो ।

भण्डारीलाई नेपालको राजनीतिक वृत्तमा माक्र्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक भनिन्छ । पछिल्लो समय मदन भण्डारीससँग जोडेर एक दर्जनभन्दा बढी संघ संस्था सञ्चालनमा छन् ।

मदन भण्डारीका नाममा फाउन्डेसनदेखि, प्रतिष्ठान, केन्द्र, कलेजलगायत सञ्चालन छन् । ती संघ संस्थाहरुमा नेकपाका नेता कर्याकर्ताहरु आवद्ध छन् । जसले राज्यबाट बर्षेनी करोडौँ रकमसमेत लिने गरेका छन् ।०००

Related Post
Share

This website uses cookies.