खेलकुद

नेपालले बलियो टोली चीनको सामना गर्दै

काठमाडौं, २५ जेठ । एएफसी यु–२० महिला एशियन कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले बिहीवार चीनसँग प्रतिष्पर्धा गर्दैछ । म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपालले बलियो टोली चीनको सामना गर्न लागेको हो ।

नेपाल र चीनबीचको खेल दिउँसो २ः४५ बजे शुरु हुनेछ । नेपाल आज चीनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ५–० ले पराजित भएको थियो । चीनले भने चाईनिज ताइपेलाई १–० ले हराएको थियो ।

Related Post
Share

This website uses cookies.