डि मारिया छन् पिएसजीमा, अनि हुँदै न जादु ?

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान लिडर मोनाकोसँग अंक बराबरी गरेको छ ।

लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा एन्जर्सलाई २–० ले हराएर मोनाकोसँग अंक बराबरी गरेको हो ।

पिएसजीको जितमा दुवै गोल एन्जल डी मारियाले गरे । २८ औं मिनेटमा डी मारियाले पहिलो गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।

पहिलो हाफमा १–० ले अघि रहेको पिएसजीका लागि ८४ औं मिनेटमा डी मारियाले नै व्यक्तिगत दोस्रो गोल गर्दै २–० को जित दिलाए ।

जितपछि दोस्रो स्थानको पिएसजीको ३२ खेलबाट ७४ अंक भएको छ ।

एक खेल कम खेलेको शीर्ष स्थानको मोनाकोको पनि ७४ अंक नै छ । तेस्रो स्थानको निसको ३२ खेलबाट ७० अंक छ ।

 

Share

This website uses cookies.