देश/समाज

सिक्किम हिमपहिरो परि ३ नेपालीको मृत्यु (नामावलीसहित)

एजेन्सी, २२ चैत्र । सिक्किमको नाथुला क्षेत्रमा मंगलबार हिमपहिरोमा परी मुत्यु भएका सात मध्ये ३ नेपाली रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । हिमपहिरोमा पनि ११ जना घाइते भएका छन् ।
मृत्यु हुने नेपालीहरुमा शिवप्रसाद लामिछाने, आशिका ढकाल र मुना श्रेष्ठ रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । लामिछाने र ढकाल चितवनका हुन् भने श्रेष्ठ रुपन्देहीका हुन् ।

सोही क्रममा झण्डै ८० पर्यटक भित्रै फसेको आशंका गरिएको छ । प्रहरी अधिकारीहरुका अनुसार अन्य मृतकहरु भारतीय हुन् । घाइतेहरूलाई राज्यको राजधानी गान्तोकको अस्पतालमा पुर्याइएको थियो । चीनको सिमानामा रहेको नाथुला दर्गा प्राकृतिक सौन्दर्यका कारण प्रमुख पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ ।

मंगलबार दिउँसो १२ः२० बजे नाथुला क्षेत्रमा हिमपहिरो गएको थियो । घटना पछि, छ जनाको नजिकैको सैन्य अस्पतालमा मृत्यु भएको थियो । गान्तोक र नाथुला जोड्ने जवाहरलाल नेहरू रोडमा हिमपहिरो गएको हो ।
प्रहरीका अनुसार दुर्घटना पछि १५० भन्दा बढी पर्यटक अलपत्र परेका छन् । यसैबीच हिउँमा फसेका ३० पर्यटकलाई उद्धार गरी गान्तोकस्थित एसटीएनएम अस्पताल र केन्द्रीय रेफरल अस्पतालमा भर्ना गरिएको थियो ।
प्रहरीका अनुसार १३ औं माइलका लागि मात्रै पास जारी गरिन्छ, तर अनुमतिबिना पर्यटक १५ औं माइलतर्फ जान थालेका छन् । घटना १५ औं माइलमा भएको हो ।

Related Post
Share

This website uses cookies.