बिसंतर शाक्य \ माउण्टेन टिभी एचडि।
काठमाडौँ, पौष १०। यो काष्ठकला, धातुकला र प्रस्तरकलाको अनुपम नम्ुनाको रुपमा रहेको छ।
राजा जितामित्र मल्लको पालामा निर्माण भएको दरबारको आँगन मध्येमा यो पनि एक हो । पोखरीसँगै सुन्धारा निर्माणको काम सन् १६७८ (७९८ नेपाल संवत) मा सुरु भई १६८३ (८०३ नेपाल संवत) मा सम्पन्न भएको शिलापत्रमा उल्लेख छ।
मकर मुखाकृति लुँहिटी अहिले नागपोखरीको रूपमा बढी प्रचारित छ। पोखरीको पानीमा लेउ लाग्नुका साथै फोहर छ।
मन्दिर, चोक र दरबार बनाउन ठूलो योगदान दिने राजा जितामित्र मल्ल पनि भक्तपुरका सृजनशील राजा मध्येका एक हुनुहुन्थ्यो । तलेजु मन्दिरको पूर्वमा राजदरबारको निर्माण भइरहेका बेला सपनामा तलेजु देवीले एक रात राजा जितामित्र मल्ललाई दर्शन दिएको बताइन्छ ।
त्यसपछि उहाँले दरबारमा तलेजुको आवधिक पूजा गर्न नगरकोटको महादेव खोलाबाट पानी ल्याउने तयारी गर्न निर्देशन दिनुभयो । त्यहाँबाट शाही नहर (राजकुलो) मार्फत दरबार भित्रको सुनको धारामा ल्याइएको थियो ।
राजकुलोमा पानी अवरोध भएको कारण सुन्धाराले पानीको प्राकृतिक स्रोत पनि गुमायो र आज सुन्धाराको विद्यमान पूर्वाधारसँगै आधुनिक पाइप प्रणालीलाई विस्तार गरिएको छ। सुन्धाराको पानी अहिले पनि तलेजु देवीको पूजामा प्रयोग गरिन्छ ।
त्यो पोखरीलाई आजको महादेव पोखरी भनिन्छ, जहाँ हरेक वर्ष पौष÷माघको दिन नजिकैको महादेव मन्दिरमा भक्तजन आएर नुहाउन र पूजा गर्ने गर्छन् ।
कथन अनुसार सुन्धारा र पोखरीको उदघाटनका दिन तान्त्रिक शक्तिको आह्वान गर्दै तलेजु देवीको पूजा आराधना गरिएको थियो र सुनको धाराको प्वालबाट एक जोडी सेतो हाँस बगाउन छोडिएको थियो । यी हाँसहरू सजिलै संग सुन्धाराको मुखमा सानो आकारमा परिणत भएर आउने जाने गर्दथे र पोखरीमा पौडी खेलिरहेको देखिएका थिए । यी हाँसहरू देखिने र हराउने प्रक्रिया मल्लकालका केही पुस्ता सम्म चलेको भनिन्छ । दरबारको पूजाका लागि पानी सुन्धाराको प्रयोग गरिन्थ्यो ।
साथै, राजा र रानी खोपी (विश्रम कोठा) नजिकै आराम गर्न जानु अघि यस धारामा नुहाउने गर्थे ।
देशकै गौरबको कलाकृतिको प्रचार जति हुनुपर्ने त्यत्ति हुन सकिरहेको छैन । त्यसमा सुन्धाराको मौलिक पहिचान नै अहिले समाप्त भई नागपोखरी भनेर प्रचार हुनुले सुन्धाराको अस्तित्व नै खतरामा छ।
This website uses cookies.