काठमाडौं । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता तथा कार्यकताविरुद्ध जारी भएको पक्राउ पुर्जी नरोकीए र सरकाले तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन नगरे आफ्नो पार्टी हातमा दजी जमाएर नबस्ने चेतावनी दिएको छ ।
नेकपाका प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा पार्टी, नेतृत्व, कार्यकर्ता र तीन बुदे सहमतिका विरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकिएन र तीन बुदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार र राज्यका अधिकारीहरूलाई दिन चाहन्छौ’, उल्लेख गरीएको छ ।
विज्ञप्तिमा ललितपुर जिल्ला अदालतले विप्लवसहितका नेताहरूलाई ३५ दिने पक्राउ पूर्जी जारी गर्नु षड्यन्त्रकारी, आपत्तिजनक र खेदजनक भएको जनाईएको छ । भने आफ्नो पार्टीले जनताको हितकै निम्ति लडिरहँदा अघिल्लो सरकारले दमन गरेको उल्लेख गरीएको छ ।
त्यसै क्रममा केपी शर्मा ओली नेतृत्वका सरकारसँग ३ बुँदे सहमति गरिए भन्दै प्रकाण्डले यो सरकारले एक वर्ष बितिसक्दा पनि आफ्ना मागहरु पूरा नगरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘राज्य र सरकार नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको ३ बुदे सहमतिको उल्लंघन गर्ने, शान्ति प्रक्रिया भाँड्ने र देशलाई द्वन्द्वतिर धकेल्ने हर्कत गर्दछ भन्ने कुराको पुष्टि भएको छ । जुन सर्वाधिक षड्यन्त्रकारी, आपत्तिजनक र खेदजनक छ’, विज्ञप्तिमा भनिएको छ । देशमा एमसीसी, एसपीपी लगायत विषयहरुले देशको स्वाधीनता र सार्वभौमिकताको निम्ति भयावह एवं घातक बनाएको उल्लेख गर्दै पक्राउ पूर्जी रोक्न नेकपाले चेतावनी दिएको हो ।
This website uses cookies.