अख्तियारको छानबिनमाथि आशंका

काठमाडौं, ११ जेठ । लिखित परीक्षाको नतिजा प्रकासनमा अनियमितता भएको भन्दै अख्तियारले थालेको छानबिन किनारा नलाग्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अन्तरर्वार्ता सुरु गरेको छ। आयोगद्वारा प्रकासित विज्ञापन नम्बर १८/२०७३/२०७४ अन्तर्गत भएको परीक्षाको नतिजामा त्रिवि पदाधिकारीहरूकै आफन्त तथा नातेदारहरूको नाम प्रकासित भएको तथ्य सार्वजनिक भइसकेको छ।

अख्तियारले परीक्षामा सहभागी सबै परीक्षार्थीको आवश्यक कागजात छानबिनका लागि लगेको छ। तर छानबिनको किनारा नलाग्दै सेवा आयोगले शाखा अधिकृतबाहेक सबै पदका लागि अन्तर्वार्ता सुरु गर्नु र यसतर्फ अख्तियारले कुनै चासो नदिनुलाई त्रिविका विद्यार्थी तथा शिक्षकले शंकाको दृष्टिले हेरेका छन्। उनीहरूले अख्तियारको छानबिन प्रक्रियाप्रति प्रश्नसमेत उठाएका छन्।

हाल सेवा आयोगले प्रकासित गरेको नतिजामा अनियमिमता भएकोले सेवा आयोग खारेजी हुनुपर्ने, पदाधिकारीले राजिनामा दिनु र्ने र विश्वविद्यालयमा भइरहेको अनियमितता तत्काल रोक्नुपर्ने माग राख्दै माओवादी वैद्यनिकट क्रान्तिकारी विद्यार्थी संगठनले पाँच दिनदेखि त्रिविमै रिले अनसन जारी राखेको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Related Post
Share

This website uses cookies.