देश/समाज

कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडक खण्डको कृष्णभीरमा शुक्रवारबाट थालिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायीहरुले नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि र विज्ञहरुको रोहवरमा सडक खन्ने काम शुरु गरेको हो । शनिवारबाट ट्रयाक खोल्ने तयारी रहेको छ । शुक्रवार राति न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले कृष्णभीरमा मुग्लिङतर्फ १ सय ५० मिटर स्काभेटर गुड्न ट्रयाक खोलिसकेको जानकारी दिनुभयो । उहाँले मलेखुतर्फ खण्डमा झन्डै सय मिटर ट्रयाक खोलिसकेको र बाँकी ५० मिटर ट्रयाक शनिवारबाट खोल्ने तयारी रहेको बताउनु भयो । यात्राहरुलाई बन्दको अवस्थामा नआत्तिकन अरु विकल्प प्रयोग गर्न अनुरोध गर्दै उपाध्यक्ष खड्काले अस्थायी रुपमा भएपनि सडक राम्रो बनाउने काममा आफूहरु लागेको स्पष्ट पार्नुभयो ।

विपद्को घडीमा राज्यलाई सघाउनु हामी सबैको जिम्मेवारी भएको उल्लेख गर्नुहुँदै उहाँले ट्रयाक छिटो सकेर शनिवारसम्म साँझसम्म नागढुङ्गा–मुग्लिङ सडक खण्ड सञ्चालन गर्ने बताउनु भयो ।गत भदौ १० गते र त्यसपछि निरन्तर आएको त्रिशूली बाढीको कारण कृष्णभीर, परेवाभीरसहितका विभिन्न स्थानको सडक कटान गरी बगाएको थियो । जसका कारण पृथ्वी राजमार्ग अहिले अवरुद्ध छ । सडक अवरुद्ध भएसँगै पश्चिम क्षेत्रबाट काठमाडौं नाका प्रवेश गर्ने सवारी साधनले सास्ती भोगिरहेका छन् । खाद्यान्न लगायत, अत्यावश्यक सामग्रीहरु आयात गर्न पनि असहज भएको छ ।

Related Post
Share

This website uses cookies.