काठमाडौं । देशभरको मौसममा बदली भई आज विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानहरू तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । यस्तै, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरू तथा मधेस र कोशी प्रदेशका थोरै स्थानमा समेत वर्षाको सम्भावना देखिएको छ । पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । रातिको समयमा पनि देशभर साधारणतया बदली नै रहनेछ । देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, कोशी र वागमती प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । विशेषगरी राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थान र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक शतर्कता अपनाउन अनुरोध गरिएको छ ।
देशभर वर्षा र हिमपातको सम्भावनाः केही स्थानमा भारी र धेरै भारी वर्षाको चेतावनी
ताजा समाचार
‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन
१४ मिनेट अघि
नागढुङ्गा सुरुङमार्ग प्रभावित स्थानीयद्वारा धर्ना
१५ मिनेट अघि




