देश/समाज

इंग्ल्यान्डविरुद्ध नेपालको ऐतिहासिक जित

२०८१,०७,१६
द हङकङ सिक्सेस प्रतियोगिताको पहिलो खेलमा नेपालले इंग्ल्याण्डमाथि ६ विकेटको जित दर्ता गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्यान्डलाई छ विकेटले हराएको हो ।इङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित छ ओभरको खेलमा १० बल बाँकी हुँदै भेट्टायो ।

नेपालले चार ओभर दुई बलमा लक्ष्य पुरा गर्‍यो । नेपालका कप्तान सन्दिप जोराले ५० रन बनाएर रिडायर्ड भए ।यस्तै रसिद खानले अविजित २१ र लोकश बलले अविजित २० रन बनाए । त्यसअघि मिसन रोड ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले छ विकेट गुमाएर ९७ रन बनाएको थियो ।इङ्ल्यान्डका लागि कप्तान रवि भोपारले सर्वाधिक ४९ रन बनाए ।

नेपालका प्रतिश जिसीले दुई, नारायण जोशी, विबेक यादव र लोकेश बलले समान एक विकेट लिए । नेपालले प्रतियोगिता पहिलो पटक खेलेको हो । ।नेपालले अब दोस्रो खेल अष्ट्रेलियासँग खेल्नेछ ।

 

Related Post
Share

This website uses cookies.