देश/समाज

कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा,भोलिसम्म वर्षा र बदली

२०८१,०६,१७
काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा रातिदेखि नै पानी परिरहेको छ । आज र भोलि पनि वर्षा र बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने र भोलि पनि केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीलेले बताए। पर्सिदेखि भने मौसममा सुधार हुने मौसमविद् अधिकारीले जानकारी दिएका छन ।कोशी र बागमती प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी तथा बाँकी प्रदेशका एक–दुई स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी र बागमती प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Related Post
Share

This website uses cookies.