यसकारण हुँदैछ निगमको संरचना परिवर्तन | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

यसकारण हुँदैछ निगमको संरचना परिवर्तन

aayal nigam

काठमाडौं,२५ माघ । सरकारले इन्धन कारोबारमा एकाधिकार प्राप्त नेपाल आयल निगमको संरचना परिवर्तन गर्ने भएको छ । परम्परागत ढाँचामा सेवा विस्तार गर्दै आएको निगमको संरचना परिवर्तन गरी समसामयिक बनाउन लागिएको सरकारले जनाएको छ ।निगमलाई हालको सेवामूलकबाट पूर्ण रुपमा व्यवसायमूलक बनाइ परम्परागत ढाँचालाई परिवर्तन गर्दै नयाँ संरचनामा लैजान लागिएको आपूर्ति सचिव अनिलकुमार ठाकुरले जानकारी दिए ।

सचिव ठाकुरले भने,

निगम कर्मचारी र सञ्चालक समितिबीच छलफल गरेर निगममा देखिएको समस्यालाई कसरी सम्बोधन गर्ने भनेर रणनीति योजना तयार गर्न लागिएको छ । निगममा पुरानो मोडलको व्यवस्थापन रहेकाले त्यसलाई समसामयिक बनाउन लागिएको छ । उदारीकरण नीतिअुसार कानुन, व्यवस्थापन, लगानी र दक्ष जनशक्ति भएन भने निगमलाई नयाँ ढाचामा लैजान सकिँदैन ।

सोहीअनुसार निगमको हालको संरचनामा परिवर्तन गरी नयाँ संरचनामा लैजान लागेका छौं । समाचारमा लेखिएको छ, निगमको प्राविधिक र व्यवस्थापन पक्ष सुधार गर्न लागिएको सचिव ठाकुरले जानकारी दिए । आजको कारोबारमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);