सरकारको निर्णयलाई सबैले आत्मसाथ गर्न राष्ट्रपतिको आह्वान (सन्देशसहित)

काठमाडौँ, १२ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सुझबुझपूर्ण र सामयिक निर्णयलाई सबैले आत्मसाथ गर्नुपर्ने बताउनुभएको छ । बुधबार नोवल कोरोनाभाइरस (कोभिड-१९)बाट उत्पन्न विश्वव्यापी महामारीको रोकथामको सन्दर्भमा जारी गर्नुभएको सन्देमा उहाँले संयमित बन्न पनि आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीले घातक भाइरसका विरुद्धको अभियानलाई सुदृढ तुल्याएर अमुल्य मानव जीवनको रक्षार्थ सम्बद्द सबै पक्षलाई क्रियासिल हुन पनि आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले कोरोनाभाइरसको संक्रमण रोक्न सामाजिक दुरी कायम गर्दै सरसफाई सहित घरमा बस्नु नै उत्तम विकल्प रहेको कुरा जोड दिनुभयो ।

By:

बुधबार, १२ चैत २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!