थप एकजनामा भेटियो कोरोना भाइरसको संक्रमण

काठमाडौँ, १२ चैत ।नेपालमा थप एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको नमुना परीक्षण गर्दा अर्का एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

यसअघि चीनबाट फर्केका युवा र केहीदिनअघि फ्रान्सबाट फर्किएको किशोरीमा संक्रमण देखिएको थियो । चीनवाट फर्किएका युवा उपचारपछि निको भएर घर फर्किएका छन् भने किशोरीको उपचार भईरहेको छ ।

By:

बुधबार, १२ चैत २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!