विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ हजार ३ सय १६ पुग्यो

एजेन्सी, १० चैत । विश्वभर आक्रामक रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १५ हजार ३ सय १६ पुगेको छ । अहिलेसम्म विश्वका १ सय ९२ भन्दा बढी देशमा ३ लाख ५० हजार ४ सय ५७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट इटालीमा अहिलेसम्म ५ हजार ४ सय ७६ जनाले ज्यान गुमाइसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

चीनमा अहिलेसम्म ३ हजार २ सय ७० जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा २ हजार १ सय ८२, इरानमा १८ सय १२, फ्रान्समा ६ सय ७४, अमेरिकामा ४ सय ५७, बेलायतमा २ सय ८१, नेदरल्याण्डमा १ सय ७९, बेल्जियममा ८८, जर्मनीमा ९४ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ । कोरोना संक्रमित ३ लाख ५० हजार ४ सय ५७ जना मध्ये १ लाख भन्दाबढी उपचार पछि निको भइसकेका छन् ।

By:

सोमबार, १० चैत २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!