एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर

काठमाडौं, १५ फागुन । नीजि क्षेत्रको दुरसञ्चार प्रदायक कम्पनी एनसेलले आफ्नो “अझै नजिकिन्छ सम्बन्ध” योजना अन्तर्गत “ह्याप्पी आवर अन रिचार्ज” अफर ल्याएको छ । सो अफर अन्तर्गत ग्राहकले १ सय रुपैँया र सो भन्दामाथिको रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्त गर्न सक्दछन् ।

भ्यालेन्टाइन महिनाको अवसरमा फागुन १५ बाट लागु गरिएको यस अफर अन्तर्गत एनसेनका प्रिपेड ग्राहकले करसहित रु १.२६ पैसामा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्छन् । भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागु हुनेछ ।

By:

बिहिबार, १५ फागुन २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!