एमसीसी परियोजनाले नेपाली अर्थतन्त्रको तस्बिर बदल्छ : प्रधानमन्त्री ओली

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजनाले नेपाली अर्थतन्त्रको तस्बिर बदलिदिने दाबी गरेका गर्नुभएको छ । आफ्नो कार्यकालको २ बर्ष पुगेको अवसरमा शनिवार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र र ऊर्जा उपयोगको तस्बिर बदलिदिने दाबी गर्नुभएको हो ।

सम्झौतामा रहेका कतिपय व्यवस्थालाई लिएर नेकपाभित्र विवाद रहेका बेला ओलीले संसद्मा यस्तो अभिव्यक्ति दिनुभएको हो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारको दुई वर्षका उपलब्धि र आगामी योजनाबारे चर्चा गर्नुभएको थियो ।

सम्बोधनका क्रममा उहाँले प्रमुख प्रतिपक्षी दल कांग्रेसले चुनावका बेला नेकपाको सरकार बन्यो भने हाँस्न र रुन पनि नपाइने भन्दै भोट मागेको उल्लेख गर्दै कांग्रेसका कुरालाई जनताले नपत्याएका उल्लेख गर्नुभयो ।

By:

शनिबार, ०३ फागुन २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!