कोपा ईटालिया : रोनाल्डोको गोलमा युभेन्ट्स हारबाट जोगियो

एजेन्सी, २ फागुन । क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा युभेन्ट्स कोपा ईटालियाको पहिलो लेगमा हारबाट जोगिएको छ । शुक्रबार बिहान सेमिफाईनलको पहिलो लेगको खेलमा युभेन्ट्स र एसी मिलानले एक एक गोलको बराबरी खेलेका हुन् ।

एन्टी रबिकले ६१ औं मिनेटमा गोल गर्दै घरेलु टोली एसी मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । थिएगो हर्नाल्डेज ७१ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि मिलान क्लब १० खेलाडीमा सिमित बनेको थियो ।

हारको नजिक पुगेको युभेन्ट्सका लागि दोस्रो हाफको ईन्जुरी समयमा प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गरेर टिमलाई हारबाट जोगाएका हुन् ।

दोस्रो लेगको खेल आगामी मार्च ४ मा युभेन्ट्सको घरेलु मैदान टूरिनमा हुनेछ ।

By:

शुक्रबार, ०२ फागुन २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!