वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी अन्तिम चरणमा

काठमाडौं, १ फागुन । कोरोना भाइरसको केन्द्रविन्दु चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी अन्तिम चरणमा पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार पत्रकार सम्मेलन गर्दै वुहानमा रहेका १ सय ८० जना नेपालीलाई स्वदेश फर्काउने सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।

सरकारले आइतवार भित्रमा नेपालीलाई स्वदेश फर्काउने र त्यसका लागी शनिवार नेपाली जहाज चिन पठाईने जनाएको छ । चिनवाट ल्याईने नेपाली र उनीहरुलाई लिनजाने टोलीका सदस्यलाई १५ दिनसम्म भक्तपुरको खरीपाटी स्थित विद्युत प्राधिकरणको कार्यालय र नगरकोटमा बनाइएका क्वारेन्टाइनमा राखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले क्वारेन्टाइन नजिकैका स्थानीयसंग सरकारले वार्ता गरीसकेको र चिनमा रहेका नेपालीलाई ल्याएर राख्न कुनै समस्या नरहेको समेत जानकारी दिनुभयो ।

By:

बिहिबार, ०१ फागुन २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!