पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश

एजेन्सी, १ फागुन । पेरिस सेन्ट जर्मेइन पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा पुगेको छ । बुधबार राती भएको खेलमा पिएसजीले ६–१ गोल अन्तरले डिकोनलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

पीएसजीको जितमा पाब्लो साराबियाले दुई गोल गरे भने दुई गोल आत्मघाती भएको थियो । अरु दुई गोल केलियन एमबाप्पे र थियागो सिल्भाले गरेका थिए ।

खेलको ४७ सेकेण्डमै डिजोनका वेस्ले लउटोआले आत्मघाती गोल गर्दा पीएसजीले अग्रता लिएको थियो । ५०औं मिनेटमा थियागो सिल्भाले गोल गर्दै पीएसजीको अन्तर ३–१ मा लम्ब्याए ।

त्यसको पाँच मिनेटपछि पाब्लो साराबियाले गोल गर्दै पीएसजीलाई ४–१ को अग्रता दिलाए । ८६ औं मिनेटमा सिनु कउलीबालेले अर्को आत्मघाती गोल गरे । इन्ज्युरी समयमा सारावियाले गोल गरेपछि पीएसजीले सहज जित निकालेको हो ।

त्यस्तै अर्को खेलमा ओलम्पिक लियोनले ओलम्पिक मार्सेलाई हराएको छ । होसिम अउवारको दोस्रो हाफको गोल निर्णायक बन्दा लियोनले मार्सेमाथि १–० को जित निकाल्दै सेमिफाइनलमा पुग्यो ।

By:

बिहिबार, ०१ फागुन २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!