बालुवाटार प्रकरण : सदनदेखि सडकसम्म आन्दोलन

रामनिवास यादव

काठमाडौं, २७ माघ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा काँग्रेस नेता विजय कुमार गच्छदारमाथि अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेपछि नेपाली काँग्रेसले सदन अबरुद्ध गर्दै आएको छ ।

काँग्रेसका भातृसंगठनहरुले सडकबाट पनि विरोध गरिरहेका छन् । सोमबार पनि नेपाली काँग्रेस निकट नेपाल महिला संघले अख्तियारले राजनीतिक प्रतिशोेधका रुपमा गच्छदारमाथि मुद्दा लगाएको भन्दै प्रदर्शन गरेको छ ।

बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा अख्तियारले काँग्रेस नेता विजय कुमार गच्छदार सहित १ सय ७५ जना बिरुद्ध मुद्दा दायर भएपछि काँग्रेसले सदन अबरुद्ध गर्नुका साथै भ्रत्तृसंगठनहरुलाई सडकमा उतारेको छ ।

काग्रेस निकट नेविसंघ, तरुण दल र नेपाल महिला संघ सडकमा उत्रिएर अख्तियारको कदमको विरोध गरिरहेका छन् । अख्तियार सरकारको मतियार भएको नारा लगाउँदै सोमबार नेपाल महिला संघले बिरोध गरेको छ ।

अख्तियारले वालुवाटार जग्गा प्रकरणमा बहालवाला न्यायाधीश कुमार रेग्मी र नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेललाई उन्मुक्ति दिएको प्रति कांग्रेसका भात्तृ संगठनहरुले आक्रोश पोखेका छन् । अख्तियारले राजनीतिक प्रतिसोधका रुपमा नेता गच्छदामाथि मुद्दा अघि बढाएका नेपाल महिला संघको बुझाई छ।

बाालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले निश्पक्षता नदेखाएको नेपाली काँग्रेसको निष्र्कष छ । काँग्रेसले यो कुरालाई सदनमा उठाउँदै आएको छ । काँग्रेसको अबरोधका कारण संसद पनि अवरुद्ध हुँदै आएको छ । काँग्रेसका भातृसंगठनहरुले सडकमा आन्दोलन गर्दै आएका छन् ।

By:

सोमबार, २७ माघ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!