दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं, २ माघ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती तथा मानहानी गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले उजुरी दिनुभएको थियो ।

अभद्र व्यवहार गरेको आरोप लागेका प्रसाईंविरुद्ध जिल्ला प्रशासन कार्यालयले बिहीबार पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो । प्रसाईंलाई पक्राउ गर्न खोजिएपनि नभेटेको प्रहरी जनाएको छ । प्रसाईंले केही दिन अघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मेडिकल कलेजको सम्बन्धनका लागि गिरीले आफूसँग २० करोड घूस मागेको दाबी गर्नुभएको थियो ।

प्रसाईंले डाक्टर गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिनुभएको थियो । गिरीले प्रसाईंको आरोप खण्डन गर्दै मंगलबार काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती तथा मानहानीको मुद्दा दर्ता गराउनुभएको थियो ।

By:

बिहिबार, ०२ माघ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!