टोटेनहम हट्सपर एफ ए कपको चौथो चरणमा प्रवेश

एजेन्सी, ०१ माघ। टोटेनहम हट्सपर एफ ए कपको चौथो चरणमा प्रवेश, टोटेनहमसँग मिडिल्सब्रो २–१ गोल अन्तरले पराजित  गरेको छ ।

मंगलबार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिडिल्सब्रोलाई २–१ ले हराउँदै टोटेनहम चौथो चरणमा प्रवेश गरेको हो । टोटेनहमले खेलमा अग्रता दोस्रो मिनेटमा जियोवानी लो सेलोको गोलबाट लिएको थियो ।

लामेलाले १५ औ मिनेटमा गोल गर्दै टोटेनहमको अग्रता दोब्बर बनाएका थिए । जर्ज सेैविलले ८३ औ मिनेटमा गोल गर्दै मिडिल्सब्रोलाई खेलमा फर्काउन कोशिश गरेपछि सफल हुन सकेन । टोटेनहम एफ ए कपको आठ पटकको विजेता हो । क्लबले चौथो चरणको खेलमा महिनाको अन्तिममा साउथह्याम्टनसंग प्रतिस्पर्धा गर्नेछ ।

By:

बुधबार, ०१ माघ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!