’ए’ डिभिजन लिग : एनआरटीसँग पुलिस पराजित

काठमाडौं, २८ पुस । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटीले पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

एनआरटीलाई जित दिलाउन दर्शन गुरुङले खेलको ७६ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । लिगमा एनआरटीको यो तेस्रो जित हो ।

एनआरटीले ६ खेलमा ८ अंक जोडेको छ । पुलिसको यो दोस्रो हार हो । पुलिस ६ खेलमा ८ अंक सातौं स्थानमा रहेको छ ।

By:

सोमबार, २८ पुष २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!