इरानमा १८० यात्रु सवार विमान दुर्घटना

काठमाडौं , २३ पुस ।  १८० यात्रु सवार बोइङ ७३७ विमान इरानमा दुर्घटना भएको छ । युक्रेनी विमान बुधबार बिहान इरानको राजधानी तेहरान नजिक दुर्घटना भएको हो ।

तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा परेको विमानस्थल नजिकैको क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरिएको छ । यो घटना इरान–अमेरिका विवादसँग सम्बन्धित भए वा नभएको भन्ने अझै स्पष्ट भइसकेको छैन ।

 

By:

बुधबार, २३ पुष २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!