‘भारती खरेल स्मृति पुरस्कार’ भद्रकुमारी घलेलाई

काठमाडौं, १६ मंसिर । समाजसेवी सुश्री भद्रकुमारी घलेलाई यसबर्षको भारती खरेल स्मृति पुरस्कार प्रदान गरिएको छ । सोमबार नेपाल प्रज्ञा प्रतिस्ठानमा साहित्यसाधिका भक्तिमती भारती खरेलको ८२ औं जन्मजयन्तिको अवसरमा भारती खरेल प्रतिष्ठान परिवारले समाजसेवी घलेलाई ५१ हजार नगद सहित सम्मान पत्र प्रदान गरेको हो ।

भारती खरेल प्रतिष्ठानले हरेक बर्ष एक सामाजसेवीलाई भारती खरेल स्मृति पुरस्कार प्रदान गर्दै आएको छ । लामो समयदेखि नेपाली भाषा,साहित्य,कला र समाजसेवा मार्फत उल्लेखनीय योगदान पुर्याएबापत समाजसेवी घलेलाई उक्त पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

By:

सोमबार, १६ मङि्सर २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!