देशभर तरकारीको भाउ आकाशियो, प्याजको मूल्य अहिले सम्म कै उच्च

काठमाडौं, १६ मंसिर । पछिल्लो केही महिना यता तरकारीको बढ्दो मूल्यले नेपालीहरु आजित भएका छन् । काठमाडौँ उपत्यका लगायत विराटनगर र देशका अधिकासं सहरहरुमा तरकारीको मूल्य आकाशिएको छ । तरकारीमध्ये पनि प्याजको मूल्य अहिले सम्म कै उच्च भएको उपभोक्ताहरुको गुनासो छ ।

विराटनगर स्थित गुन्द्री बजार प्रदेश १ कै होलसेल बजारमा पुर्वी नेपालका इटहरी, धनकुटा, इलाम, पाँचथर लगायतका जिल्लाबाट तरकारी बेच्न तथा खरिद गर्न आउने गर्दछन् । अहिले यहाँ आउने ग्राहकहरु सबैको एउटै गुनासो छ, तरकारी एकदम महगोँ भएको छ । तरकारीको महगाँइले उपभोक्ताहरु आजित भएका छन् ।

तरकारीमा पनि प्याजको मूल्य दोब्बर भन्दा बढी महंगो भएको छ । बजारमा प्याजको मूल्य आकशिएपछि यसको असर भन्सामा परेको छ । किसानले दिने थोक मूल्य र उपभोक्ता मूल्यमा झन्डै दोब्बर महँगो भएको भन्दै यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले कदम चाल्नु पर्ने कपिलवस्तुका उपभोक्ताहरुको भनाई छ ।

यता कपिलवस्तु कृषि ज्ञान केन्द्रका अधिकृत रामगोविन्द आर्यले भारतबाट प्याजको आयातमा कमी भएकाले प्याजको मूल्य दोब्बर भन्दा बढी महँगिएको बताउनुभयो ।

तरकारी मूल्य आकाशिएपछि शहरी क्षेत्रमा बसोबास गर्ने अधिकासं नेपालीहरुलाई भान्सा सम्हाल्न गाह्रो भएको छ । नेपालमा प्याज लगायत सबै तरकारीको उत्पादन भने न्युन रहेको छ । भारतले प्याज निर्यात रोकेसँगै बढेको प्याजको मूल्यले नेपालीहरुलाई एउटा गतिलो पाठ भने सिकाएको छ ।कृषि पेशा त्यागेर चाउचाउको पारखी बनेका नेपालीहरुलाई तरकारी उत्पादन गर्न प्रेरित भने गरेको विज्ञहरुको भनाई छ ।

By:

सोमबार, १६ मङि्सर २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!