भरतपुर विमानस्थल १० दिन बन्द

चितवन, १६ मंसिर । चितवनको भरतपुर विमानस्थल १० दिनको लागि बन्द भएको छ । विमानस्थलको धावनमार्ग र पार्किङ मर्मत तथा विस्तार गर्न लागिएकाले आइतबारदेखि १० दिन सम्म सबै उडान बन्द गरिएको विमानस्थलका सूचना अधिकारी केशव लम्सालले जानकारी दिनुभयो ।

उहाँले धावनमार्गमा पिच थप गर्न र विमानस्थलमा जहाज पार्किङ क्षेत्र विस्तारको लागि सबै उडान बन्द गरिएको बताउनुभयो । २०६० साल देखि धावनमार्गमा कुनै पनि पिच नभएकाले सबै उडान बन्द गरी पिच गर्नुपरेको जनाइएको छ ।

भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा गरी दैनिक ११ वटा उडान तथा अवतरण हुदैँ आएको छ । विमानस्थलबाट दैनिक ८ सय यात्रुले सेवा लिदै आएका छन् ।

By:

सोमबार, १६ मङि्सर २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!