महिनावारीको समयमा हुने भेदभावविरुद्ध पूर्व मिस नेपाल

काठमाडौं, १४ मंसिर । पूर्व मिस नेपालहरुको समूहले महिनावारीको समयमा हुने भेदभावविरुद्धको अभियान सुरु गरेका छन् । शनिवार राजधानीको भृकुटीमण्डप बगैचामा पूर्व मिस नेपालहरुको समूहले  महिनावारीको समयमा हुने भेदभावविरुद्धको अभियान सुरु गरेका हुन् ।

महिनावारीको समयमा परिवार समाजमा हुनेभेदभाव, बिद्यालयमा शौचालयको अभाव, प्याड उपलब्ध नहुने कारणले पढाई नै छोड्नु पर्ने अवस्था कम गर्न अभियान थालेको पुर्व मिस नेपाल सुगारिका केसीले बताउनु भयो । कार्यक्रममा संकलन हुने रकमले दुर्गम क्षेत्रका बिद्यालयमा स्यानिटरी प्याडको वितरण गर्ने र ब्यबस्थित शौचालय बनाउने पनि केसीले बताउनु भयो ।

पूर्व मिस नेपालहरुको समूहले मितिनी नामको गैर सरकारी संस्थासँग मिलेर देश भरि महिनावारीको समयमा हुने भेदभाव बिरुद्ध अभियान संचालन पनि गर्ने भएको छ ।

अभियानमा स्थानीय क्लब तथा आमा समूहलाई समेटेर महिनावारीको समयमा हुने भेदभाव हटाउन जनचेतनामुलक काम गर्ने पूर्व मिस नेपाल माल्विका सुब्बाले जानकारी दिनु भयो ।
mitini-miss nepal1

By:

शनिबार, १४ मङि्सर २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!