इराकका प्रधानमन्त्री महदीद्वारा राजीनामा दिने घोषणा

एजेन्सी, १४ मंसिर । इराकका प्रधानमन्त्री आदेल अब्दुल महदीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । इराकमा सरकार विरोधी प्रर्दशन बढ्दै गएपछि प्रधानमन्त्री महदीले पदबाट राजीनामा दिने घोषणा गरेको संचार माध्यमहरुले जनामएकमा छन् ।

गत अक्टोबरमा सुरु भएका सरकार विरोधी प्रदर्शनका क्रममा पछिल्लो समयमा एकैदिन ५० जना भन्दा बढीको मृत्यु भएलगत्तै प्रधानमन्त्री अब्दुलले राजीनामा दिने घोषणा गरेका हुन् । राजधानी बग्दादको तहरी स्क्वायरमा अक्टोबर १ बाट देशब्यापी रुपमा सुरु भएको प्रदर्शनका क्रममा सरकारी निकायमा भएको भ्रष्टाचार र राजेगारी सिर्जनालगायतका मुद्दा लिएर सर्वसाधारण आन्दोलित भएका थिए ।

यस क्रममा अलिे सम्म ४ सयको मृत्यु भइसकेको जनाइएको छ। प्रधानमन्त्री अब्दुलले संसदमा राजीनामा बुझाउने घोषणा गरेका हुन् । उनले आम नागरिकको हित र रक्तपातपूर्ण अवस्थाको अन्त्यका लागि आफूले राजीनामा दिन लागेको बताएका छन् ।

इराकका प्रमुख धार्मिक नेता आयोतोल्लाह अलि अल सिस्तानीले प्रदर्शनकारी विरुद्ध अत्याधिक बल प्रयोग गरेको भन्दै सरकारको निन्दा गर्दै नयाँ सरकार आवश्यक रहेको प्रतिक्रिया दिए लगत्तै प्रधानमन्त्रीले महदीले राजिनामा दिने घोषणा गरेका हुन् ।

प्रदर्शनकारीहरुले भने प्रधानमन्त्रीको राजीनामा मात्र पर्याप्त नभएको भन्दै आफूहरुको माग पूरा नभएसम्म बिरोध प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् ।

By:

शनिबार, १४ मङि्सर २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!