सभामुख नहुँदा अड्किए विधेयक

काठमाडौं, २८ कात्तिक । सदनले पारित गरेको विधेयक सभामुखले प्रमाणित गरेपछि राष्ट्रपतिसमक्ष पठाउनुपर्ने संवैधानिक व्यवस्था छ । संघीय कानुन नबन्दा प्रदेश सरकारहरूले प्रहरी संरचना गठन गर्न सकेका छैनन् ।

प्रदेश प्रहरी गठनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न तयार बसेका उनीहरू त्यसअघि संघीय विधेयक प्रमाणीकरणको प्रतीक्षामा छन् । प्रदेश ३ का आन्तरिक मामिलामन्त्री शालिकराम जमकट्टेलले संघीय कानुन नआउँदा प्रहरी विधेयक अगाडि बढाउन नसकिएको बताए ।

‘संघीय संसद्ले पारित गरेका आधारहरू हेरेर विधेयकको मस्यौदा तयार पारिसकेका छौं,’ उनले भने, ‘तर त्यो अझै संघीय कानुनका रूपमा आइनसकेकाले हाम्रा मस्यौदा प्रदेशसभामा पेस गर्न सकेका छैनौं ।’ उनले प्रदेश प्रहरी गठनसम्बन्धी कानुन निर्माण पहिलो प्राथमिकतामा रहेको बताए ।

संविधानमा प्रत्येक प्रदेशका आफ्नै प्रहरी संगठन रहने उल्लेख छ । प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वयसम्बन्धी व्यवस्था संघीय कानुनबमोजिम हुने भनिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

By:

बिहिबार, २८ कार्तिक २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!