‘काठमाडौं–ढाका सञ्जाल अपरिहार्य’

काठमाडौं, २८ कात्तिक । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले सार्क क्षेत्रको विकासका लागि काठमाडौं र ढाकाबीच सम्पर्क सञ्जाल (सडक, रेल, हवाई, जल) अपरिहार्य रहेको बताएका छन्।

सार्क र बिम्स्टेक मुख्यालय रहेका यी दुई राजधानीबीच सडक, हवाई, रेल र जलमार्गमा सहकार्य भएमा समृद्धिको उचाइमा पुग्न सकिने उनको भनाइ छ। यसका लागि दुवै मुलुकले आआफ्नो स्तरबाट पहल गर्नुपर्ने धारणा राष्ट्रपति हमिदले नेपाली उच्चस्तरीय नेताहरूसँग व्यक्त गरेका हुन्।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालय काठमाडौं र बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालको खाडी आसपासका मुलुकको प्रयास (बिम्स्टेक) सचिवालय ढाकामा छ।

हमिदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूसँग भेटवार्ता गरेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

By:

बिहिबार, २८ कार्तिक २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!