बग्दादीकी श्रीमती टर्कीमा पक्राउ

एजेन्सी, २१ कात्तिक । इस्लामिक बिद्रोही संगठन इस्लामीक स्टेट आइएसका दिवगंत प्रमुख अबु बकर अल–बग्दादीकी श्रीमती टर्कीमा पक्राउ परेका छिन् । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले बग्दादीकी पत्नी आफ्नो देशको नियन्त्रणमा रहेको जानकारी दिएको संचार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति एर्डाेगानले बग्दादीकी श्रीमतीलाई बग्दादीका कृयाकलापबारे सोधपुछ भइरहेकोे जानकारी दिएका छन् । बिगत केही बर्षदेखि टर्कीमै बस्दै आएका बग्दादकी श्रीमतीलाई ब्यापक खोजीपछी नियन्त्रणमा लिइएको हो । अमेरिकी सैनिकको आक्रमणमा आईएसका प्रमुख बग्दादी मारिएपछी अमेरिकी सेनाले बग्दादीको परिवारका सदस्यहरुको ब्यापक खोजी जारी राखेको छ ।

यसअघि गत मंगलबार टर्कीले बग्दादीकी बहिनीलाई पनि नियन्त्रणमा लिएको थियो । २ साताअघि अमेरिकी सेनाको विशेष सुरक्षाबलले सिरियाको उत्तर पश्चिमी क्षेत्रमा गरेको कारबाहीका क्रममा आफैलाई बिस्फोट गराएर बग्दादीले आत्महत्या गरेका थिए ।

बग्दादीको मृत्युलाई अमेरिकाले ठूलो सफलताको रुपमा लिएको छ । आइएसले पनि बग्दादीको मृत्यु भएको पुष्टि गरेर नयाँ नेताको रुपमा अबु इब्राहिम अल–हाशमीलाई नियुक्त गरिसकेको छ ।

By:

बिहिबार, २१ कार्तिक २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!