पूर्वयुवराज्ञी हिमानी शाहद्वारा नागपोखरीमा छठीमाताको पूजा (तस्विर सहित)

काठमाडौं, १६ कात्तिक । पूर्वयुवराज्ञी हिमानी शाहले काठमाडौंको नागपोखरीमा पुगेर छठी माताको पूजा अर्चना गर्नु भएको छ ।

पूर्व युवराज्ञी शाहले छठ पर्वको मुख्य दिन शनिबार साँझ नागपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठी माताको पूजा अर्चना गर्नु भएको हो । छठ पूजा मूल समारोह समिति तथा जयश्री सन्तोषी माता सेवा समितिलगायतका धार्मिक संघ, संस्थाहरुको संयोजनमा नागपोखरीले छठ पर्व विशेष रुपमा मनाईएको छ ।

नागपोखरीमा छठी माईको पूजाका लागि विभिन्न धार्मिक संघ, संस्थाहरुको पनि सहभागिता हुने गर्दछ । विशेषगरी तराईमा मात्रै मनाउने गरिएको छठ पर्वलाई काठमाडौंको उपत्यका र पहाडहरुमा पनि मनाउने कामको विधिवत सूरुवात २०५८ सालबाट भएको बताइन्छ ।

By:

शनिबार, १६ कार्तिक २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!