विश्वकप फुटबल छनोटमा नेपाल र अष्ट्रेलिया भिड्दै

काठमाडौं, २३ असोज । फिफा विश्वकप फुटबल छनोट अन्तरर्गत आफ्नो तेस्रो खेलमा नेपालले बिहीबार अष्ट्रेलियासँग खेल्दैछ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा हुने खेल नेपाली समयानुसार दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।

लगातार विश्वकप फुटबलको अनुभव बटुलेको टोली अष्ट्रेलियाविरुद्ध उसैको मैदानमा हुने खेल नेपालका लागि निकै चुनौतीपूर्ण रहेको छ । खेल अगाडि बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो टोलीले राम्रो प्रदर्शन गर्नेमा पूरा विश्वास रहेको बताउनुभएको थियो ।

विश्वकप छनोटको पहिलो खेलमा कुवतेसित ७–० को हार भोगेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो । फिफा वरीयतामा नेपाल १६१ औं स्थानमा छ भने अष्ट्रेलिया ४४ औं स्थानमा रहेको छ ।

By:

बिहिबार, २३ असोज २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!