टि-२० क्रिकेट सिरिजमा ओमानको बिजयी शुरुवात

ओमानद्वारा हङकङ ७ विकेटले पराजित, नेपालले आइतवार हङकङसंग खेल्दै

काठमाडौं, १८ असोज । पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा आयोजक राष्ट्र ओमानले विजयी सुरुवात गरेको छ ।

शनिबार भएको पहिलो खेलमा ओमानले हङकङलाई ७ विकेटले पराजित गर्यो । ओमानको अमेराट मैदानमा भएको खेलमा हङकङले दिएको ९७ रनको सामान्य लक्ष्य ओमानले १३ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गर्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन बनाएको थियो । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले आइतबार हङकङसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

By:

शनिबार, १८ असोज २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!