चिनियाँ कम्युनिष्ट पार्टीका नेता झाङ क्यू अवैध ३० अर्ब नगद र १३ टन सुनसहित पक्राउ

३० अर्ब रुपैयाँ घुस लिएको आरोप

एजेन्सी, १७ असोज । चिनियाँ कम्युनिष्ट पार्टीका एक नेता अवैध ३० अर्ब नगद र १३ टन सुनसहित पक्राउ परेका छन् । हेनान प्रान्तअन्तर्गतको हाइकु पार्टी कमिटीका सचिव तथा हेनान प्रान्तका स्थायी समिति सदस्य रहेका ५८ वर्षीय झाङ क्यू भ्रष्टाचार गरी जोडेको उक्त रकम र सुनसहित पक्राउ परेका हुन् ।

उनले साढे १३ टन अर्थात १२ हजार २ सय ४६ किलोग्राम सुन र ३० अर्ब अमेरिकी डलर घूस लिएको खुलासा भएको छ । उनीमाथि हेनान प्रान्तका एक अधिकारीसंग ३० अर्ब रुपैयाँ घुस लिएको आरोप समेत लागेको छ । भ्रष्टाचार जाँचबुझ ब्युरोका अधिकारीहरुले छापा मार्दा उनको घरमा हजारौं सुनका इट्टा भेटिनुका साथै बैंक खातामा ६ सय ६८ लाख बिलियन युआन अर्थात ३० अर्ब अमेरिकी डलर बराबर स्रोत नखुलेको रकम भेटिएको बताइएको छ । अवैध रुपैयाँ र सुनसहित पक्राउ परेका झाङलाई प्रहरी हिरासतमा राखिएको छ । पक्राउ परेसँगै पार्टीका सबै कमिटीबाट समेत उनी निलम्बित भएका छन् ।

By:

शुक्रबार, १७ असोज २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!