महराको सुरक्षामा रहेका सेना र प्रहरी फिर्ता, डेरा पाएपछि सरकारी निवास छोड्ने

काठमाडौं, १६ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिंदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गर्नुभएको छ ।

निवर्तमान सभामुखको सुरक्षामा रहेका सेना र प्रहरी बिहीबार फिर्ता गरेको महराका सञ्चार विज्ञ डिल्ली मल्लले जानकारी दिनु भएको हो । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए ।

महराले प्रयोग गर्दै आउनुभएको गाडी भने संसद सचिवालयको सवारी शाखालाई बुझाइएको छ ।

सरकारी निवास छाड्नका लागि महराले डेरा खोज्दै गरेको बताइएको छ । डेरा पाएपछि सरकारी निवास पनि छाड्ने मल्लले जानकारी दिनुभयो । महरा अहिले बालुवाटार स्थित सरकारी निवासमा बस्दै आउनुभएको छ ।

By:

बिहिबार, १६ असोज २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!