डेँगुका कारण ६ को मृत्यु, ८ हजार बढी विरामी, ६० हजार बढी संक्रमित

प्रमिला भण्डारी
काठमाडौं, ३० भदौ । यस वर्ष नेपालमा डेँगुको संक्रमण भयावह रुपमा फैलीएको छ । डेँगुकै कारण ६ जनाको मृत्यु भएको पुष्टि भईसकेको छ । मुलुकमा ८ हजार भन्दा बढि डेंगु रोगको विरामी भेटिएका छन् भने ७० हजार भन्दा बढिमा यसको संक्रमण देखिएको छ ।

यस रोगको रोकथामको लागी प्रभावकारी भ्याक्सीन तथा कुनै निश्चित उपचार नभएकोले यो रोग सार्ने लामखुट्टेको नियन्त्रण गर्नु तथा टोकाईबाट बच्नु नै उत्तम उपाय हुने चिकित्सकहरुको सुझाव छ ।

विश्व तापमानमा भएको बृद्धि र जलवायु परिवर्तनका कारण तराईका भुभागमा फैलने यो रोग पहाडि भुभागमा पनि फैलिएको छ । राष्ट्रिय सूचना आयोगले पनि मुलुक भित्र फैलिँदो डेंगु रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आदेश दिएको छ ।

आयोगले डेंगू रोग लाग्न नदिन तथा त्यसबाट बच्ने उपायहरुबारे आम नागरिकलाई उचित सूचना प्रवाह हुनेगरी आवश्यक व्यवस्था देशभर मिलाउन सरकारलाई आदेश दिएको छ ।

आयोगको आदेशमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहसँग पनि समन्वय गरी सबै प्रदेश र सबै पालिकाहरुबाट यस रोगबाट बच्ने उपाय सहितको सूचना आम नागरिकलाई प्रवाह गर्ने व्यवस्था तत्काल मिलाउन भनिएको छ ।

आयोगले रोगबाट बच्ने उपायबारे आम संचार माध्यामबाट पनि सूचना प्रवाह गर्न सरकारलाई सचेत गराएको छ । सूचनाको अभावमा डेँगुकै कारण मानिसहरुको ज्यान जाने, सहि सूचनाको अभावमा आतंकित हुनुपर्ने अवस्था नआओस् भनेर सरकारलाई त्यसबारे सही सूचना जनतालाई उपलब्ध गराउन आदेश दिनु परेको आयोगले जनाएको छ ।

सुचना अभावकै कारण मानिसहरु सामान्य ज्वरो तथा रुघा खोकी लाग्दा पनि डेँगुकै संक्रमण हो भनेर आतंकित हुने गरेको चिकित्सकहरुले बताएका छन् ।

By:

सोमबार, ३० भदौ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!