काठमाडौंमा ‘पाकिस्तानी व्यापार मेला’ सुरु (तस्बिर सहित)

काठमाडौं, ३० भदौ । काठमाडौंमा ‘पाकिस्तान र नेपाल मैंत्री व्यापार मेला’ सुरु भएको छ । दुई मुलुकबीचको व्यापार विस्तारमा जोड दिने उद्देश्यले सोमबारबाट काठमाडौंको त्रिपुरेश्वरस्थित युनाईटेड वर्ल्ड ट्रेड सेन्टरमा सो मेला सूरु भएको हो ।

७ दिनसम्म चल्ने मेलाको उद्घाटन गर्दै नेपालका लागि पाकिस्तानका राजदुत मजहर जाभेदले दुई मुलुकबीचको सम्बन्धलाई अझै विस्तार बनाउन मेला उपयोगी हुने विश्वास व्यक्त गर्नु भयो ।

ललितपुर उद्योग वाणिज्य संघको संयोजनमा आयोजना गरिएको सो मेलामा पाकिस्तानका छालाका सामग्रीहरु मुख्य आकर्षणका रुपमा रहेका छन् । त्यसैगरी मेलामा पाकिस्तानी सारी, कुर्ता, जुत्ता, चप्पल पनि राखिएका छन् ।

नेपालका हस्तकलाका सामग्रीहरु पनि मेलामा राखिएको छ । दुवै मुलुकका उत्पादनहरुकोे बजारीकरण गर्न पनि मेला आयोजना गरिएको ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल मर्हजनले बताउनु भयो ।

नेपालस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दुतावासको सहकार्यमा आयोजना गरिएको सो मेलाले दुई मुलुकबीचको व्यापार विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

By:

सोमबार, ३० भदौ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!