रुपन्देहीमा गोली हानी एक जनाको हत्या

रुपन्देही, २९ भदौ । रुपन्देहीको रोहिणीमा गोली प्रहारबाट १ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिउँसो साढे २ बजेतिर एक जनाको गोली हानी हत्या भएको जनाएको छ ।

भैरहवास्थित हिमालयन बैंकबाट पैसा निकालेर जाँदै गरेका ओमसतिया गाउँपालिका ५ का महेन्द्र कुर्मीको गोली हानी हत्या भएको रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

बैंकबाट पैसा निकालेर घर जाँदै गरेका कुर्मीलाई पच्छाउँदै आएको समूहले गोली हानेर ५ लाख रुपैयाँ लुटेको शाहीले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By:

आइतबार, २९ भदौ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!