दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

कपिलवस्तु, २६ भदौ । कपिलवस्तु नगरपालिकाको बुद्धपद्धम माध्यमिक विद्यालयमा दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियान चलाइएको छ । चेम्बर अफ कमर्स तौलिहवा नगर समितिको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी पोष्ट तौलिहवाको समन्वयमा सचेतना तथा तीन सय रेडियम स्टिकर टाँस्ने कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई दुर्घटनाको कारण, ट्राफिक चिन्ह, लेन अनुशासन, जेब्रा क्रसिङको प्रयोग र दुर्घटना न्यूनीकरणका उपायबारे अन्तरक्रिया गरिएको थियो ।

सडक सुरक्षाबारे विद्यालयका विद्यार्थीलाई जानकारी प्रदान गर्नुका साथै साइकलका कारण हुनसक्ने सडक दुर्घटना रोक्न साइकलमा रेडियम लगाउने कार्य गरिएको जानकारी पनि कार्यक्रममा दिइएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

durghatana sachetana kapilvastu1

By:

बिहिबार, २६ भदौ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Social media & sharing icons powered by UltimatelySocial