डेंगु संक्रमणका सम्बन्धमा जानकारी दिन सभामुखको रुलिङ्ग

काठमाडौं, २६ भदौ ।  सभामुख कृष्ण बहादुर महराले सरकार र स्वास्थ्य मन्त्रालयलाई डेंगु संक्रमणका सम्बन्धमा जानकारी गराउन रुलिङ्ग गर्नुभएको छ ।

सांसदहरुले सदनलाई डेंगुको यथार्थ विवरण जानकारी गराउन सरकारलाई रुलिङ गर्न ध्यानाकषर्ण गराएपछि सभामुख कृष्ण बहादुर महराले सरकार र स्वास्थ्य मन्त्रालयलाई रुलिङ्ग गर्नुभएको हो ।

प्रतिनिधिसभाको विहिबारको बैठकको शुन्य समयमा सत्तारुढ दलकै सांसदहरुले डेंगु संक्रमण नियन्त्रणमा सरकार संवेदनशील नबनेको भन्दै संघीय संसदको प्रतिनिधिसभामा सरकारको चर्को आलोचना गरेका थिए ।

By:

बिहिबार, २६ भदौ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Social media & sharing icons powered by UltimatelySocial