चलचित्रको विकासमा श्रृजनशिलता र प्रविधिको सदुपयोग आवश्यक : अध्यक्ष भट्टराई

काठमाडौं, २६ भदौ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली चलचित्रको विकासमा सधै प्रतिवद्ध रहेको बताउनुभएको छ ।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा बिहिबारदेखि सुरु भएको राष्ट्रिय चलचित्र कन्फ्रेन्सको उद्घाटन गर्दे उहाँले बोर्डको प्राथमिकता र कार्यक्रमहरु सधै नेपाली चलचित्रको वृद्धि विकासमा केन्द्रीत हुदै आएको बताउनुभएको हो ।

भविष्यमा नेपाली चलचित्रको विकासका लागि श्रृजनशिलताको साथै प्रविधिको सही सदुपयोग आवश्यक रहेको भन्दै उहाँले चलचित्र सम्बन्धी विधेयकमा आवश्यक सुझाव दिन सम्बन्धीत सबैलाई आग्रह गर्नुभयो ।

अध्यक्ष भट्टराईले भारतीय फिल्म अवार्ड आईफा अवार्ड एक निजी टेलिभिजनको कार्यक्रम भएकाले त्यसमा नेपाल सरकारको लगानी हुनु नहुने तर्क गर्नुभयो ।

बिहिबारदेखि सुरु भएको राष्ट्रिय चलचित्र कन्फ्रेन्समा नेपाली चलचित्र क्षेत्रको सुधार, नीतिगत व्यवस्था लगायत विषयमा छलफल हुने छ ।
rastriya chalachitra conference

By:

बिहिबार, २६ भदौ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Social media & sharing icons powered by UltimatelySocial