इन्द्रजात्रामा विश्वका ५ मेयरसहित ४८ जना विदेशी पाहुना सहभागी हुदैं

काठमाडौं, २५ भदौ । काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो जात्रा इन्द्रजात्रामा यस वर्ष विश्वका विभिन्न सहरका ५ जना मेयरसहित ४८ जना विदेशी पाहुना पनि सहभागी हुने भएका छन् । काठमाडौं महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुना पनि सहभागी हुने जानकारी गराएको हो ।

इन्द्रजात्रालाई नेपालको पर्यटन उद्योगसंग जोडेर अघि बढाउन यस वर्ष पहिलो पटक विश्वका विभिन्न मुलुकका ५ मेयरसहित ४८ जना पाहुनालाई पनि सहभागी गराउने योजना तय भएको मेयर विद्यासुन्दर शाक्यले बताउनु भयो । आगामी २७ गते शुक्रबार ती विदेशी पाहुनाहरु इन्द्रजात्राको विशेष कार्यक्रममा सहभागी हुनेछन ।

मंगलबारबाट विधिवत रुपमा सुरु भएको इन्द्रजात्राको विशेष दिन शुक्रबार राष्ट्रपति विद्याभण्डारीले बसन्तपुर कुमारीको रथयात्रामा सहभागी भई टीकाप्रसाद ग्रहण गर्ने कार्यक्रम छ । सोही दिन विदेशी पाहुनाहरुलाई पनि कुमारीको रथमा उपत्यकाका सम्पदाहरुको अवलोकन गराउने काठमाडौं महानगरपालिकाको योजना छ । काठमाडौं महानगरपालिकाकाले इन्द्रजात्रा व्यवस्थापन समितिका लागि १० लाख खर्चको व्यवस्था गरिसकेको छ । इन्द्रजात्रामा सहभागी हुने ४८ जना विदेशी पाहुनाको खर्चको व्यवस्था महानगरपालिकाले गर्ने मेयर शाक्यले जानकारी दिनु भयो ।

By:

बुधबार, २५ भदौ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Social media & sharing icons powered by UltimatelySocial