डेंगु लागेर अस्पताल भर्ना भएका मन्त्री खनाल डिस्चार्ज

काठमाडौं, २३ भदौ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल डिस्चार्ज हुनुभएको छ । उहाँ डेंगु लागेर अस्पताल भर्ना हुनुभएको थियो । मन्त्री खनाललाई गत बुधबार दिउँसो राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

मन्त्री खनाललाई गत मंगलबारदेखि हल्का ज्वरो आएको थियो । ज्वरो आएपछि उहाँ उपचारका लागि बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्नु भएको थियो ।

अस्पतालले डेंगु लागेको भनेपछि उहाँ ग्राण्डी अस्पतालमा भर्ना हुनुभएको थियो । मन्त्री खनालको स्वास्थ्य ठिक भएपछि उहाँलाई आज डिस्चार्ज गरिएको प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिनुभयो ।

By:

सोमबार, २३ भदौ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Social media & sharing icons powered by UltimatelySocial