हङकङका प्रदर्शनकारीद्वारा प्रजातन्त्रका लागि अमेरिकासँग सहयोग मागेपछि चीन आक्रोशित

एजेन्सी, २३ भदौ । हङकङका प्रदर्शनकारीले प्रजातन्त्रका लागि अमेरिकासँग सहयोग मागेपछि चीन आक्रोशित भएको छ । हङकङ चीनको विभाजन नहुने अंश रहेको र विभाजनको पक्षमा हुने कुनै गतिविधि या प्रयास स्वीकार्य नहुने चीनको सरकारी सञ्चार माध्यमले बताएको छ ।

अमेरिकी वाणिज्य दूतावास अगाडि हङकङमा प्रजातन्त्र बहाली गर्नका लागि सहयोग गर्न अपिल गर्दै प्रदर्शन भएको भोलिपल्ट सोमबार चीनले यस्तो बताएको हो । आइतबार भएको प्रदर्शनले हङकङमा पछिल्लो समय भएको प्रदर्शनसहितका राजनीतिक गतिविधिमा विदेशी शक्तिको हात रहेको पुष्टि भएको चिनियाँ पत्रिका द चाइना डेलीले उल्लेख गरेको छ ।

हङकङ सरकारले ल्याएको सुपूर्दगी सम्बन्धी विधेयकको विरोधमा सुरु भएको प्रदर्शन केही दिनअघिसम्म ठूलो रुपमा जारी थियो । सरकारले सो विधेयक खारेज गरेपछि मात्रै हङकङको अवस्था केही शान्त बन्दै गएको छ । चीनले भने सो प्रदर्शनको पछाडि विदेशी शक्तिको हात रहेको भन्दै केन्द्र सरकारको धैर्यता खलबल गराउने प्रयास नगर्न चेतावनी दिएको छ ।

By:

सोमबार, २३ भदौ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Social media & sharing icons powered by UltimatelySocial