नयाँ प्रोजेक्टमा प्रियंका

एजेन्सी, ७ भदौ । ‘क्वान्टिको’ र ‘बेवाच’ पछि प्रियंका चोपडाले अर्को नयाँ ईण्टरनेशनल प्रोजेक्ट हात पारेकी छिन्। अब उनी बालबालिकाको लागि बन्न थालेको सुपरहीरो सिनेमा ‘वी कैन बी हीरोज’ मा देखिदैछिन्। यस फिल्मका निर्देशक रबर्ट राड्रिग्सले गर्दैछन्। उनले ‘स्पाय किड्स’, ‘सिन सिटी’ र ‘एलीटा बैटल एन्जिल’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन्।

प्रियंकाका साथै यस फिल्ममा पेड्रो पास्कल, क्रिस्टीन स्लाटर, बडी होलब्रुक, क्रिस्टोफर मैक्डोनाल्डको पनि प्रमुख भूमिका हुनेछ। त्यस्तै, बालबालकलाकारमा अकीरा अकबर, नाथन ब्लेयर, एण्डी वाल्केन, याया गोसेलिन, हाला फिनले, इसैया रसेल बैले पनि देखिनेछन्।

फिल्ममा बालबालिकाको समूहको कथा छ, जसले एलियन्सले सबै सुपरहीरोहरुको अपहरणप गर्दा दुनिया जोगाउन कदम उठाउँछन्। बलिउडम सन् २०१६ मा प्रदर्शित ‘जय गंगाजल’ पछि प्रियंकाको आगमी फिल्म ‘द स्काई इज पिंक’ ११ अक्टोबरमा रिलिज हुँदैछ। यसमा फरहान अख्तर तथा जायरा वसीमको पनि प्रमुख भूमिका रहेको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

By:

शनिबार, ०७ भदौ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Social media & sharing icons powered by UltimatelySocial